Friday, October 18, 2024

ट्रेन्डिङ :

नापी अधिकृत दुवेसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : माघ १५, नापी कार्यालय रुपन्देही भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृत घनश्याम दुवे, सर्भेक्षक रामराज यादव र जग्गाधनी मुना पासिनविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

उनीहरुले रुपन्देहीको खड्वा बनगाई–७ स्थित साविक कि.नं. ३८७ को सार्वजनिक जग्गा छुट दर्ताको नाममा व्यक्ति विशेषको नाममा दर्ता गरेको आयोगको दाबी छ । दुवे र सर्भेक्षक यादवले पदको दुरुपयोग गरी बदनियतपूर्वक सार्वजनिक सम्पत्ति हानिनोक्सानी हुने र व्यक्ति विशेषलाई गैरकानूनी एवं प्रत्यक्ष फाइदा पुर्‍याउने कार्य गरेकोमा जग्गाको मुल्य नौ लाख त्रीयासी हजार सात सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ बमोजिम सजाय र बिगो असुल उपर हुनसमेत मागदावी लिइएको छ ।

यस्तै, जग्गाधनी मुना पासिनले नापी कार्यालय, रुपन्देही, भैरहवाका कर्मचारीहरुलाई अनुचित प्रभावमा पारी आफूसमेतलाई गैरकानूनी लाभ हुने र नेपाल सरकारलाई गैरकानूनी हानी पुर्‍याउने बदनियतले हालसाविक र छुटजग्गा दर्ता गर्ने क्रममा नौ लाख त्रीयासी हजार सात सय रुपैयाँको जग्गा आफ्नो नाममा समावेश गराई भ्रष्टाचारजन्य कार्य गरेको हुँदा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय र बिगो जफत हुन समेत मागदाबी लिइएको आयोगले जनाएको छ ।

हालका जग्गाधनीहरु कल्पना ज्ञवाली र माधव न्यौपानेको हकमा सरकारी सार्वजनिक जग्गा आ–आफ्नो नाममा गराउन कुनै कसुरजन्य कार्य गरेको नभई गैरकानूनी रुपमा अन्य व्यक्तिको नाममा कायम भएको जग्गा आफ्नो नाममा खरिद गरेको देखिएकोले उनीहरुको नाममा देखिएको जग्गा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) र दफा ४७ बमोजिम जग्गा जफत गरी नेपाल सरकारको नाममा कायम गर्ने प्रयोजनका लागि मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?