Saturday, September 7, 2024

ट्रेन्डिङ :

संसद पुन: स्थापनाको माग राखेर २० औं पटक अनसन बस्ने डा. केसीको घोषणा

काठमाडौं : २० माघ । सामाजिक अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् । दुई बुँदे माग अघि सार्दै डा. केसीले फागुन १२ गतेदेखि फेरि सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा आलीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै संविधानको रक्षा गर्नुपर्ने, विधि र प्रक्रिया मिचेर अवैध रुपमा गरिएका संवैधानिक निकायहरुमा नियुक्तिका सिफारिस तत्काल रद्द गर्नुपर्ने लगायतका मागहरु राखेका छन् ।

आगामी पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी संविधान नकुल्चियोस् भन्नका लागि नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । डा. केसी यो भन्दा अगाडि पनि विभिन्न मागहरु राख्दै १९ पटक आमारण अनसन बसिसकेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?