Sunday, December 22, 2024
spot_img

ट्रेन्डिङ :

ओली सरकारको द्वैध चरित्र, एकातर्फ वार्ताको हल्ला अर्कातर्फ धमाधम धरपकड

spot_img
spot_img
spot_img

काठमाडौं : माघ २१, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताको प्रक्रिया अघि बढाएको ओली सरकारले सो पार्टीका नेता तथा कार्यकर्तालाई धमाधम पक्राउ गरिरहेको छ । मंगलबार राजधानीमै नेपाल कम्युनिस्ट पार्टीका काठमाडौँ सेक्रेटरी भिमसेन घिमिरे ‘पवन’ लाई कारागार चलाउन गरिएको छ । जिल्ला अदालत काठमाडौँले मंगलबार पवनलाई डिल्लीबजार गारा चलान गरिएको हो । अदालतले धरौटीमा रिहा गरेपनि प्रहरीले पुनः पक्राउ गर्ने तयारी गरेको थियो । सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरणको रिट विचारधिन रहेको र प्रहरीले अर्को मुद्धा लगाएर पक्राउ गर्ने भएपछि पवन धरौटी नतिरी जेल जान तयार भएका हुन् ।

काठमाडौं प्रहरीले पवनमाथि चन्दा ऐनमा मुद्धा चलाएको थियो । अदालतले प्रहरीले लगाएको आरोप पुष्टि नभएको भन्दै बन्दी बनाइराख्नु नपर्ने फैसला गरेको थियो । बन्दीको तर्फबाट अधिवक्ता कपिलचन्द्र पोखरेल, सन्तोष कोइरालालगायतले बहस गरेका थिए । त्यसैगरी सोही मुद्धामा अदालतले साधारण तारेखमा रिहा गरेका हरि चन्द र विरेन्द्रलाई भने प्रहरीले पुनः पक्राउ गरेको छ । परिवारका अनुसार दुबै जनालाई कता लियो र के मुद्धामा पुनः पक्राउ गरिएको हो भन्ने प्रहरीले केही खुलाएको छैन । परिवारले वपत्ता पारेको भन्दै चिन्दा व्यक्त गरेका छन् ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?