Wednesday, January 1, 2025

ट्रेन्डिङ :

अब ट्राफिक जरिवाना कनेक्ट आईपीएस प्रणालीमार्फत सिधै भुक्तानी गर्न सकिने

spot_img
spot_img
spot_img

काठमाडौं- काठमाडौंकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाअन्तर्गत ट्राफिक नियम उल्लङ्घन गरेबापतको कसुरमा बुझाउनुपर्ने जरिवाना अब कनेक्ट आईपीएस प्रणालीमार्फत बैंक खाताबाट अनलान नै भुक्तानी गर्न सकिने भएकाे छ । साे अनलाइन प्रणालीकाे बुधबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको एक विशेष कार्यक्रममार्फत शुभारम्भ गरिएको हाे ।

साेसम्बन्धी सम्झौतापत्रमा महानगरीय ट्राफिक प्रहरी महाशाखाकाे तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)का प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । याे सेवा लिनका लागि सेवाग्राहीले www.connectips.com मा लगइन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी ड्यासबाेर्डमा रहेकाे ‘सरकारी भुक्तानी’ भित्र ‘नेपाल ट्राफिक पुलिस’ छनोट गर्नुपर्छ । त्यसपछि भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी ट्राफिकले दिएको चिट नम्बर र आर्थिक वर्ष दाखिला गरी सजिलै भुक्तानी गर्न सकिन्छ । यसरी गरिएको भुक्तानी महाशाखाको तोकिएको बैंकमा सिधै जम्मा हुन्छ भने ट्राफिकको सिस्टममा पनि उक्त भुक्तानीको विवरण जान्छ ।

ट्राफिक जरिवानाको भुक्तानी अनलाइनबाट गर्न सकिने भएसँगै अब सेवाग्राहीले बैंक शाखा नै पुगेर जरिवाना रकम जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । याे सेवालाई आगामी दिनमा एनसीएचएलमा आवद्ध बैंक तथा वित्तीय संस्थाका मोबाइल/इन्टरनेट बैंकिङ्ग एवं अन्य आवद्ध पीएसपी वालेटमार्फत पनि भुक्तानी गर्न सकिने गरी बिस्तार गरिने एनसीएचएलले जनाएकाे छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?