Monday, April 21, 2025

ट्रेन्डिङ :

मांसाहारी आन्दोलन अपराध हो, चिडियाखानामा लगेर बन्द गरिन्छ : गृहमन्त्री थापा

spot_img
spot_img

काठमाडौं : २३ माघ । गृहमन्त्री रामबहादुर थापा बादलले ‘मांसाहारी आन्दोलन’ गर्न खोज्नेलाई चिडियाखानामा लगेर थुनिदिने बताएका छन् । नारायणहिटी दरबारअगाडि ओली समूहले शुक्रबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै थापाले मांसाहारी आन्दोलन गर्छु भन्नेलाइ जावलाखेलको चिडियाखानामा लगेर बन्द गर्ने बताएका हुन् ।

केही दिनअघि नेकपा प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको प्रतिगमन विरूद्ध साकाहारी आन्दोलनले नहुने भन्दै अब मांशाहारी आन्दोलन गर्नुपर्ने भनाइप्रति इंगित गर्दै गृहमन्त्री थापाले मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको चिडियाखानामा लगेर बन्द गरिने बताएका हुन् । गृहमन्त्री थापाले संविधान र कानुनले नै मांसाहारी आन्दोलन गर्नुलाई अपराध घोषित गरेको भन्दै त्यस्तो गर्नेहरूप्रति सचेत रहन समेत उपस्थित भेलालाइ निर्देशन दिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?