Tuesday, April 29, 2025

ट्रेन्डिङ :

ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ भनेर हल्ला चलाईयो

spot_img
spot_img

काठमाडौं : माघ २३, प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ भनेर हल्ला चलाइएको बताए । आफ्नो समूहले शुक्रबार नारायणहिटी दरबार संग्रहालय अगाडि गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले लोकतान्त्रिक गणतन्त्र तलमाथि नहुने बताएका हुन् । जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, सामाजिक न्यायका लागि लड्यो, त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ भनेर हल्ला चलाईयो । हामीले लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्छ भन्ने नसोचे पनि हुन्छ ओलीले भने । त्यस्तै ओलीले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबैले कोभिड कालमा राम्रो काम गरेको भन्दै प्रशंसासमेत गरे ।

सम्बोधनका क्रममा ओली समूहका अध्यक्ष ओलीले आफूहरु नै नेकपाको आधिकारिक भएको दाबी गरे । देश बनाउने संकल्प बोकेको पार्टी आफूहरु भएको भन्दै ओलीले अघि भने, ‘मलाई लाग्छ आजबाट कुन–कुन पार्टी सक्कली, कुन नकल्ली भन्ने फैसला भयो ।’ प्रधानमन्त्री ओलीले आफ्नो सरकारले तीन वर्षमा इतिहासमै नभएका कामहरु गरेको दाबी गरे । तीन वर्षमा लगभग ६ हजार किलोमिटर डबल लेन, फोर लेन र सिक्स लेनका बाटो कालोपत्रे गरेको, ४०० भन्दा बढी सडक पुल र त्यति नै झोलुङ्गे पुल बनाएको बताए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?