Wednesday, January 15, 2025

ट्रेन्डिङ :

काँग्रेसका शुभेच्छुक संस्थाहरुले संसद् विघटनविरुद्ध गरे विरोध प्रदर्शन

spot_img
spot_img
spot_img

काठमाडौं:माघ२४, नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले शनिबार संसद् विघटनको विरोधमा प्रदर्शन गरेका छन् । काँग्रेसका शुभेच्छुक संस्थाले संयुक्त रुपमा काठमाडौं  टुँडिखेल र भद्रकालीमा विरोध प्रदर्शन गरेका हुन् ।प्रदर्शनकारीले विधिको ‘शासन कायम गर, पेशाकर्मीलाई बनाइयो आहत, महामारीमा पनि दिइएन राहत, संघीय शिक्षा ऐन खारेज गर, मानवअधिकारको रक्षा गर, पेशाकर्मीले चिन्यो वर्तमान सरकार, महामारीमा पनि भ्रष्टाचार’ लेखेका पोस्टर शरीरमा टाँसेका थिए ।

प्रदर्शनमा उनीहरुले सोही नारा पनि लगाएका थिए । मातृ पार्टीको निर्देशन अनुसार १८ शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

सरकारले पाँच पुसमा प्रतिनिधिसभा विघटन गरेपछि भ्रातृ तथा शुभेच्छुक संस्थाका साथै काँग्रेस पनि आन्दोलित छ ।  अन्य राजनीतिक दल र नागरिक समाज पनि संसद् विघटनविरुद्ध आन्दोलित छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?