Sunday, September 8, 2024

ट्रेन्डिङ :

महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै कलाकारहरुद्वारा प्रतीकात्मक ‘शब’ बोकेर शहर परिक्रमा

काठमाडौं- न्याय र समताका लागि बृहत् नागरिक आन्दोलनले शुक्रबार ‘महिला मार्च’ निकालेको छ । महिला हिंसा र दण्डहीनताका अन्त्यको माग गर्दै बसन्तपुरमा भेला भई न्युरोड–रत्नपार्क–भद्रकाली हुँदै सिंहदरबार अगाडिको सडकसम्म महिला मार्च निकालिएको हो ।

प्रतिगमन र महिला हिंसा बिरुद्ध निकालिएको ‘महिला मार्च’ को दृष्य विगतका अन्य कार्यक्रमको भन्दा फरक थियो । सडक नाटकको झल्को दिने गरि निकालिएको महिला मार्चमा कलाकारहरुले एकोहोरो शंख फुक्दै एक युवतिलाई खटमा राखेर (शब बोके झैं) शहर परिक्रमा गरे ।

आधुनिक कलामा पर्फमेन्स आर्ट भनिने उक्त प्रस्तुतिमा सहभागी कलाकारले प्रतिगमनको विरोध युनिक शैलिमा गरेको बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?