Sunday, September 8, 2024

ट्रेन्डिङ :

२५ वर्षअघि राज्यबिरुद्द हतियार उठाएको दिनको सम्झनामा तत्कालीन माओवादीहरुको आज २६औँ जनयुद्ध दिवस

काठमाडौँ- २५ वर्षअघि ‘जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा तत्कालीन माओवादीहरुले यो दिवस मनाउँदै छन् । आज २६औँ जनयुद्ध दिवस । तत्कालीन माओवादीले राज्यविरूद्ध हतियार उठाएको दिन । संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर तत्कालीन माओवादीले नेपालमा सशस्त्र विद्रोहको शुरूवात गरेको थियो ।

तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकीकरण भएपछि यो दिवस एकीकृत रूपमा मनाइँदै आए पनि यो वर्ष भने त्यस्तो हुने छैन । नेकपा ओली समूह र दाहाल-नेपाल समूहमा विभाजित भएकाले दिवस मनाउने दृष्टिकोणमा पनि विभाजन छ । ‘जनयुद्ध’ दिवस यो वर्ष नेकपाभित्र दाहाल–नेपाल समूहले मात्रै मनाउँदै छ ।

दाहाल-नेपाल समूहले केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा आन्दोलन र जनयुद्धमा शहीद भएकाहरूको स्मृतिमा सभा आयोजना गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?