Sunday, September 8, 2024

ट्रेन्डिङ :

सपना रोका मगरलाई धम्की दिने विनयजङ्ग बस्नेत पक्राउ

काठमाडौं- बेवारिसे शव जलाउने काम गर्दै आएकी सपना रोका मगरलाई अभद्र व्यवहार गरेको अभियोगमा विनयजङ्ग बस्नेत पक्राउ परेका छन् । बीबीसीकोले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् ।

त्यही जाहेरीका आधारमा प्रहरीले मंगलबार काठमाडौंको गोंगबुस्तिच बसपार्कबाट पक्राउ गरेको महानगरीय प्रहरी परिस, काठमाडौंका प्रमुख (एसएसपी) अशोक सिंहले जानकारी दिए । प्रहरीले उनको साथबाट बरामद भएको मोबाइल प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ ।

बस्नेतले केही युट्युब च्यालनमा अन्तर्वार्ता दिँदै ‘मेरो मोबाइलमा सपनामा नग्न तस्वीरअहरू छन्, सार्वजनिक गरिदिउँ’ भनेका थिए । बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए र, काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्थे । तर सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुबीच फाटो आएको थियो । सपनाले अहिले आफ्न अगुवाइमा छुट्टै संस्था समेत दर्ता गरेकी छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?