Sunday, September 8, 2024

ट्रेन्डिङ :

महालक्ष्मी बैंकमा अनियमितता गर्ने ५ जना रिहा, तीनजना जेल चलान

काठमाडौं : फागुन ६, महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा कमसल धितो राखेर अनियमितरुपमा कर्जा प्रवाह गरेको प्रकरणमा समातिएका ५ जना आरोपी धरौटीमा छुटेका छन् । तीनजना भने धरौटी रकम जग्गा गर्न नसक्दा थुनामा गएका छन् । उच्च अदालत, पाटनमा न्यायाधीश कुलप्रसाद चुडालको इजलासले बिहीबार सबै जना आरोपीलाई धरौटी लिएर छाड्न आदेश दिएको हो । तत्कालीन सुन जाँचकी पदमचन्द्र ज्ञवालीलाई १ करोड ५७ लाख, ऋणी पूर्ण राईलाई २७ लाख र देवानन्द राईलाई ४९ लाख रुपैयाँ धरौटी अदालतले मागेको थियो । तर, तिर्न नसकेर नख्खु कारागार, ललितपुर चलान गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीआईजी सहकुलबहादुर थापाका अनुसार अदालतले तत्कालीन शाखा प्रबन्धक पिंकु पालिखेलाई २ लाख ५० हजार, स्मृति राणालाई ७ लाख ८५ हजार र हालका शाखा प्रबन्धक अनिससिंह सिजापतिलाई ८ लाख ८५ हजार रुपैयाँ धरौटी मागिएको थियो, उनीहरु बैंक ग्यारेन्टी राखेर छुटेका छन् । शाखाका पूर्वअपरेशन प्रमुख सुजनता लामिछाने र ऋणी सन्दिप लिम्बु क्रमशः २ लाख र १ लाख रुपैयाँ धरौटी जम्मा गरेर छुटेका छन् । यो प्रकरणमा सुन जाँचकी र कर्मचारीको मिलेमतोमा कम धितो राखेर ७ करोड ४८ लाख रुपैयाँ अनियमितता भएको थियो ।

ब्युरोका अनुसन्धान अधिकृतका अनुसार साढे १७ किलो सुन राख्नुपर्नेमा ५ किलो मात्रै राखेर ऋण प्रवाह गरिएको थियो । सुन जाँचकी फेरिएपछि यसबारे बैंकले थाहा पाएको थियो र बैंककै आग्रहमा सीआईबीले अनुसन्धान सुरु गरेको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?