Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

उपराष्ट्रपति र सभामुखद्वारा प्रदेश प्रमुखको सपथ ग्रहण बहिस्कार

spot_img
spot_img

काठमाडौं- शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित प्रदेश २ का प्रदेश प्रमुख राजेश झाको सपथ समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले बहिस्कार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदेश २ का प्रदेश प्रमुखबाट तिलक परियारलाई बर्खास्त गरी राजेश झालाई नियुक्त गरेकी थिइन् । झाले शुक्रबार नै सपथ लिएका छन् ।

तर उक्त सपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना मात्र सहभागी भए । संसद विघटन गर्ने सरकारको कदमप्रति उपराष्ट्रपति पुन र सभामुख सापकोटाले असहमति राख्दै आएका छन् । प्रदेश प्रमुख परिवर्तन गर्ने सरकारको निर्णयप्रति असन्तुष्ट रहेकाले उनीहरु सहभागी नभएको स्रोतको भनाइ छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?