Sunday, September 8, 2024

ट्रेन्डिङ :

स्कूटर र ट्रक एक आपसमा ठोकिदा दुईको घटनास्थलमै मृत्यु

मोरङ : मोरङको उर्लाबारी नगरपालिकामा शनिबार साँझ स्कूटर र ट्रक एक आपसमा ठोकिदा दुईको घटनास्थलमै मृत्यु भएको छ । आज साँझ ७ बजेर ३५ मिनेटमा दुर्घटना हुँदा स्कुटरमा सवार उर्लाबारी–८ का २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको भृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धब पोखरेलले जानकारी दिए ।

प्रदेश १–००१ क १०३५ नम्बरको पूर्वतर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आएको को ३१ प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?