Sunday, September 8, 2024

ट्रेन्डिङ :

माटोका लागि डिजिटल म्यापिङ तयार

काठमाडौँ- कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले देशैभरिको माटोलाई विद्युतीय नक्साङ्कन(डिजिटल म्यापिङ) गर्ने काम सकाएको छ । अब जुनसुकै कुनाको माटोबाट जानकारी लिन कम्युटरमा एक क्लिक गरे पुग्छ । यसको औपचारिक उद्घाटन फागुन १२ गते गर्ने भएको छ । माटोको विद्युतीय नक्साङ्कन (डिजिटल म्यापिङ)लाई प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले उद्घाटन गर्ने कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले जानकारी दिनुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिकहरूले आइतबार मन्त्रालयमा सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ ।

यो विद्युतीय नक्सा तयार भएपछि प्रदेश, जिल्ला, पालिका, वडाको मात्रै होइन कुनै बिन्दुुमा एक क्लिक गरेपछि त्यहाँको माटोको गुणस्तरबारेमा जानकारी पाउन सकिने गरी नक्साङ्कन तयार गरिसकेको छ । हालसम्म ५७ वटा जिल्लाबाट २३ हजार नमुना सङ्कलन गरेर त्यसको विश्लेषण भइसकेको छ । माटो परीक्षण सेटेलाइटमार्फत भएको अन्तर्राष्ट्रिय मल विकास केन्द्रका माटो वैज्ञानिक डा. यम गैरेले बताउनुुभयो । यो नक्साङ्कन तयार गर्न देशभरका विभिन्न ठाउँबाट २३ हजार नमुना सङ्कलन गरिएको छ । यो माटोसम्बन्धी विद्युतीय नक्साङ्कन लागि सार्क मुलुकमै नेपाल नै पहिलो देश भएको छ । सिमेटको प्राविधिक सहयोग र यूएएआईडीको आर्थिक सहयोगमा नेपाल सिड एन्ड फर्टिलाइजर आयोजनाले यो विद्युुतीय नक्सा तयार गरेको हो ।-गोरखापत्रबाट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?