Wednesday, January 15, 2025

ट्रेन्डिङ :

बास्तोला पक्राउ प्रकरण : आइजीपी थापा र गृहसचिव न्यौपानेले सर्वोच्चको आदेशलाई गेट अगाडि नै धुलोपिठो पारे

spot_img
spot_img
spot_img

काठमाडौं : प्रहरीले सर्वोच्च अदालतको आदेशलाई लत्याउदै नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लाई सर्वोच्च अदालतको गेटबाटै गिरफ्तार गरेको छ । यो संगै पक्राउ परे यता उनलाई प्रहरीले पाँचौ पटक गिरफ्तार गरेको हो । सर्वोच्च र काठमाडौं जिल्ला अदालतले बाँस्तोलालाई पाँच पटक छाड्ने आदेश गरिसकेको छ ।  सोमबार पाँचौपटक प्रहरीले उनलाई सर्वोच्चको गेटबाट पक्राउ गरेर काभ्रेपलाञ्चोक प्रहरीको हिरासतमा थुनेको छ । 

सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र सुश्मालता माथेमाको संयुक्त इजलासले बाँस्तोलालाई फेरि पक्राउ नगर्न कडा आदेश गरेको छ । बन्दी प्रत्यक्षीकरणको आदेश यसअघि पनि जारी भएको भन्दै अदालतले भनेको छ- ‘अब पनि सोही विषयमा पक्राउ गरिएमा विपक्षीलाई संविधानको धारा १२८ (४) तथा न्याय प्रशासन ऐन ०७३ को दफा १७ बमोजिम कारवाही हुने ब्यहोराको जनाउ विपक्षीहरूलाई दिनु र आजै थुनाबाट छाडनु ।’ 

बाँस्तोलालाई ‘बिना कारण थुनेको’ अदालतको ठहर छ । तर, गृह प्रशासनले सो आदेशको मसी सुक्न नपाउँदै धर्मेन्द्रलाई फेरि पक्राउ गरेको छ । सर्वोच्चको गेटमा बास्तोलालाई  लछार पछार पार्दै पक्राउ गरेको हो ।

अदालतले प्रहरी महानिरीक्षक शैलेस थापाक्षेत्री र गृहसचिव महेश्वर न्यौपाने सहितका सरकारी अधिकारीलाई तोकेर भनेको छ–‘फेरि पक्राउ गरिए विपक्षीलाई संविधानको धारा १२८ (४) तथा न्याय प्रशासन ऐन ०७३ को दफा १७ बमोजिम कारवाही हुने व्यहोराको जनाउ विपक्षीहरुलाई दिनु ।’ बन्दी प्रत्यक्षीकरणको रिटमा गृह–सचिव न्यौपाने र आइजीपी शैलेश थापा सहितलाई विपक्षी बनाइएको छ । 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?