Tuesday, January 14, 2025

ट्रेन्डिङ :

विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा छु : प्रचण्ड

spot_img
spot_img
spot_img

काठमाडौं : प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिगत राजनीति त्यागेर मूलधारको राजनीतिमा आएका विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा रहेका बताएका छन् । शनिबार पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले भने, विप्लवजी अन्तत्वगत्वा मैले कोरेको गोरेटोमा आइपुग्नु भएको छ । उहाँलाई म धन्यवाद भन्न चाहन्छु । छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु। यस्तै उनले विप्लव आफ्नो टिममा आउनुपर्ने पनि बताए । जहाँसम्म मैले उहाँलाई जानेको छु, चिनेको छु । उहाँ यही ठाउँमा यही लाइनमा यही टिममा उहाँ आउनै पर्छ । मैले धेरै पहिले भनेको थिएँ । जतिबेला उहाँ मबाट अलगिनुभयो । एउटा दिन आउने छ, त्यो दिन तपाईं यहाँ हुने हुने छ भनेको थिएँ ।

विप्लवले अर्को प्रचण्ड भन्ने प्रयास गरेपनि असफल भएको उनको भनाइ थियो । अर्को प्रचण्ड अहिले हुँदैन भनेको थिएँ। उहाँ प्रचण्डकै बाटोमा आउनुभयो । त्यसकारण उहाँलाई धन्यवाद दिन्छु । आफू र माधव नेपालले नेतृत्व गरेको पार्टी नै मुल पार्टी भनेर सावित भइसकेको उनले बताए । शुक्रबारमात्रै विप्लव सरकारसँग ३ बुँदे सहमति भएपनि शान्तिपूर्ण राजनीतिमा सामेल भएका थिए । अर्को प्रशंगमा प्रचण्डले प्रतिगमनविरुद्धको शान्तिपूर्ण जनयुद्धले सर्वोच्च अदालतको फैसलापछि विजय हासिल भएको भएको प्रचण्डको दाबी छ । कार्यक्रममार्फत विमल अधिकारीको नेतृत्वको नेकपा माओवादी पार्टी प्रचण्ड–नेपाल समूहमा समायोजन भएको छ । यस्तै विप्लव नेतृत्वमा रहेका केही नेता कार्यकर्ता उक्त समूहमा प्रवेश गरेका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?