Friday, December 27, 2024
spot_img

ट्रेन्डिङ :

नेकपा प्रचण्ड–नेपाल समूहले गर्यो प्रतिनिधिसभा बैठक बहिस्कार

spot_img
spot_img
spot_img

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ। सभामुख अग्नि प्रसाद सापकोटाले अध्यादेश लगायतका विषय बैठकको कार्यसूची तय गरेपछि प्रचण्ड–नेपाल समूहले बैठक बहिस्कार गरेको हो । यसअघि बैठकमा बोल्दै सांसद भीम रावलले कार्यसूचीबाट अध्यादेशलगायतका विषय हटाइनुपर्ने माग गरेका थिए । सभामुखले यसअघि नै कार्यसूची तय भइसकेको भन्दै सो विषय हटाउन नसकिने जवाफ दिएपछि प्रचण्ड–नेपाल पक्षका सांसदले संसद बैठक बहिस्कार गरेको थियो ।

बैठकमा बोल्दै रावलले वर्तमान सरकार कुन पार्टीको हो भन्ने प्रश्न गरे । रावलले बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने सहमति भएको भन्दै बैठकलाई श्रद्धाञ्जलीसम्बन्धी कार्यसूचीमा सीमित राख्नुपर्ने तर्क गरेका थिए । उनले सर्वोच्च अदालतबाट आइतबार नेकपा विवादसम्बन्धी रिटमा ऋषि कट्टेलको पक्षमा फैसला गरेको तर्फ संकेत गर्दै ‘वर्तमान सरकार नेपाल कम्युनिस्ट पार्टी नेकपा होइन भने अहिलेका प्रधानमन्त्री कुन पार्टीको ?’ भनेर प्रश्नसमेत गरे । उनले भने, ‘प्रधानमन्त्री कुन पार्टीको हुनुहुन्छ, त्यसपछिमात्र ती अध्यादेशका बारेमा अघि बढ्नुपर्छ ।’

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?