Saturday, September 7, 2024

ट्रेन्डिङ :

काठमाडौं महानगरका १५५० जनाको बढुवा, तीन करोड ६६ लाख आर्थिक भार थपियो

काठमाडौं : काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीहरुको एक तह बढुवा भएको छ । गत फागुनमा बसेको काठमाडौं नगरपालिकाको विशेष नगरसभाबाट पारित भएको कर्मचारी समायोजन ऐन ०७७ बमोजिम महानगरपालिकामा कार्यरत १ हजार ५५० कर्मचारीहरुको एक तह बढूवा गरिएको हो । यसरी कर्मचारी समायोजन गर्दा कामपालाई मासिक ३० लाख ५० हजार आर्थिक दायित्व थपिएको छ । भने बार्षिक रुपमा तीन करोड ६६ लाख बार्षिक आर्थिक भार थपिने छ । मापदण्ड अनुसार,एसएलसी पास भएका कर्मचारीहरूको पाँचौं तहभन्दा माथि बढुवा नहुने तर ग्रेड थप्न मिल्ने व्यवस्था बनाइएको थियो ।

यस्तै अधिकृत स्तरका कर्मचारी तथा अन्य कर्मचारीहरूको एक तह बढुवा गर्ने निर्णय भए बमोजिम महानगरपालिकामा कार्यरत कर्मचारीहरुको एक तह बढूवा गरिएको हो । यो निर्णयबाट महानगरपालिकामा कार्यरत १ हजार ५५० कर्मचारीहरु लाभन्वित भएका छन् । उनीहरु स्वत एक तहमाथिको पदमा समायोजन भएका छन् । जसअनुसार,समायोजनामा पर्ने अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीलाई मंगलवार एक तहमाथिको पदमा समायोजन गरिएको प्रमाणपत्र प्रदान गरिएको छ भने अन्य बाँकी कर्मचारीलाई बिहीवार दिने तयारी कामपाको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?