Sunday, September 8, 2024

ट्रेन्डिङ :

बोरामा प्याक गरिएको अवस्थामा महिलाको शव फेला

काठमाडौं : बोरामा प्याक गरिएको अवस्थामा महिलाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका(१४बल्खु सुकुम्बासी बस्ती एक महिलाको शव फेला परेको हो । सोमबार साँझ काठमाडौंको बल्खु पुल नजिकैको सुकुम्बासी बस्तीमा बोरामा पोको पारेको अवस्थामा ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको शव फेला परेको थियो । घर पछाडिको पेटीमा राखिएको बोराबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बोरामा प्याक गरिएको अवस्थामा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले गरेको प्रारम्भिक जाँचका क्रममा सन्तोषीको टाउकोमा गह्रङ्गो बस्तुले प्रहार गरेर हत्या गरिएको देखिएको थियो । श्रीमतीको शव फेला परेर अनुसन्धान अगाडि बढाउँदा श्रीमान् भागेपछि प्रहरीले हत्यामा श्रीमान्‌कै संलग्नता रहेको आशंकासहित अनुसन्धान अगाडि बढाएको छ । पोस्टमार्टमका लागि सन्तोषीको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । मृतकको श्रीमान फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?