Wednesday, January 15, 2025

ट्रेन्डिङ :

नेपालसहित ४ नेतालाई स्पष्टीकरण पठाईयो, माधवकुमार नेपाललाई स्पष्टीकरणमा १७–बुँदे प्रश्नहरु

spot_img
spot_img
spot_img

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेतालाई अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटीका तर्फबाट स्पष्टीकरण मागेको छ। केन्द्रीय कमिटीको निर्णयअनुसार पार्टीको नीतिविपरीत गतिविधि गरेको आरोपमा वरिष्ठ नेता नेपालसहित उनी पक्षका भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरणका लागि ओली पक्षले आज पत्र पठाएको हो। एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वर रिजालले आज बिहान चारै नेतालाई पत्र पठाइएको जानकारी दिए। एमालेको अनुशासनभन्दा बाहिर गएर सामानान्तर कमिटी निर्माण गरेको, भेलासहित अन्य गतिविधि गरेको विषयमा प्रश्न सोधिएको छ रिजाले भने । वरिष्ठ नेता नेपाललाई पठाइएको चार पृष्ठ लामो स्पष्टीकरणमा १७–बुँदे प्रश्नहरु सोधिएको स्रोतले जनाएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?