Sunday, September 8, 2024

ट्रेन्डिङ :

कुनै पाइप नफुटोस् भनेर हेरिहेरी पानी वितरण गछौँ :ओली

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले अबको चार दिनमै काठमाडौंमा मेलम्चीको पानी वितरण हुने बताएका छन् । बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले तत्काल फाइप नफुटोस् भनेर चरणबद्ध ढंगले पानी वितरण गरिनेसमेत प्रष्ट पारेका छन् । अब चार दिनपछि हामी काठमाडौंमा धारामा मेलम्चीको पानी वितरण गर्दैछौँ, प्रधानमन्त्री ओलीले भने, ‘१५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गछौँ र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ । कुनै दुर्घटना नहोस् ।

कुनै पाइप नफुटोस् भनेर हेरिहेरी हामी पानी वितरण गछौँ ओलीले भने । ओलीले आफ्नो कार्यकालमा सरकारले धेरै काम गरेको दाबी गरे । उनले मेलम्चीको पानी ल्याउनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । सँगै ओलीले सरकारले सडकलाई बालबालिका र सडक मानवमुक्त बनाएकोसमेत दोहोर्याएका छन् । सरकारले सामाजिक क्षेत्रमा धेरै काम गरेको भन्दै उनले नेपाल विकसित देशभन्दा पनि माथि पुगेको दाबी गरे । संसदमा महिलाको प्रतिनिधित्व ४१ प्रतिशत पुगेको उल्लेख गर्दै उनले त्यसलाई ५० प्रतिशत पुर्याउने उद्घोषसमेत गरेका छन् ।सरकारले विकास र निर्माणमा धेरै प्रगति गरेको दाबी गर्दै ओलीले दुई वर्षमै थानकोट नौबिसे सुरुङ निर्माणको काम पूरा हुने बताएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?