Friday, April 25, 2025

ट्रेन्डिङ :

जेठदेखि ट्रायल परिक्षामा अंक प्रणाली लागू , ७० अंक ल्याए पास

spot_img
spot_img

 दुईपांग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था आगामी जेठ १ गतेबाट लागू हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लाई सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले जेठ १ गतेबाट लागू गर्ने भएको हो।

मन्त्रालयले सहमति दिएको कार्यविधिमा विभागले कार्यान्वयन मिति तोकेसँगै अब प्रयोगात्मक परीक्षा (ट्रायल)मा कम्तीमा ७० अंक ल्याए पास हुने भएकाे छ।

अहिले प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात् पास हुन १०० पूर्णाङ्कमा १०० नै ल्याउनुपर्ने व्यवस्था छ।

‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ व्यवस्थाको लागि सहमति दिइसकेको छ’, यातायात व्यवस्था विभागका प्रवक्ता डा.लोकनाथ भुषालले नेपालखबरसँग भने, ‘कार्यविधि निर्देशिका जेठ १ गतेबाट देशभर लागू हुन्छ।’

नयाँ निर्देशिकाले मोटरसाइकल, स्कुटर, मोपेडका सवारीसाधनको प्रयोगात्मकसहित लिखित परीक्षामा पनि केही फेरबदल गरेको छ।

आफ्नै बाइक वा स्कुटरले ट्रायल दिन सकिने

उक्त कार्यविधि निर्देशिका २०७७ अनुसार प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीले परीक्षा दिने प्रयोजनका लागि आफैँले सवारीसाधनको व्यवस्था गर्न सक्नेछन्। तर मोटरसाइकल वा स्कुटर पेट्रोलबाट चल्ने, इन्जिनको विस्थापन आयतन कम्तीमा ९५ सीसीको, ह्विल बेल कम्तीमा १२ सय मि.मि. भएको हुनुपर्नेछ।

मोटरसाइकलको हकमा म्यानुअल ट्रान्समिसन प्रणाली भएको, सवारीमा हिल होल्ड, हिल एसिस्ट वा समान प्रकृतिको प्रणाली जडान नभएको, सवारी दर्ता प्रमाणपत्र अद्यावधिक भएको र बहाल अवधि बाँकी रहेको तेस्रो पक्षको बीमा भएको हुनुपर्नेछ।

मोटरसाइकल तथा स्कुटर चालकले प्रयोगात्मक परीक्षाको लागि ७ चरणको परीक्षा पास गर्नुपर्नेछ। जसमा घुमाउरो आठ परीक्षण, साँघुरो फलेक, घुम्ती परीक्षण, ट्राफिक लाइट परीक्षण, स्पिड ब्रेकर परीक्षण, उकालो परीक्षण र व्यवहारगत पक्षको समग्र परीक्षण गर्नुपर्नेछ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?