Friday, December 27, 2024
spot_img

ट्रेन्डिङ :

अजोडको कारोबार छानबिन अर्थ मन्त्रालयको गर्न निर्देशन

spot_img
spot_img
spot_img

नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन गर्न  निर्देशकको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ ।  यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले उक्त छानबिन समिति गठन गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिए ।

सो कम्पनीको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अगावै शेयर कारोबारमा वृद्धि भएको भन्दै बोर्डमा गुनासो प्राप्त भएको जनाइएको छ । त्यस दिनको कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबारसम्बन्धी विवरण बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरिएको बोर्डले जनाएको छ ।

कुनै भित्री कारोबार भएको पाइएमा नियमानुसार कारबाही अगाडि बढाइने बोर्डको भनाइ छ । धितोपत्र बजारका स्थापित मूल्य मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न अनुरोध गर्दै बोर्डले गलत काम गर्नेलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ
spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?