Saturday, April 26, 2025

ट्रेन्डिङ :

शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णयको बिरुद्ध प्याब्सनको विज्ञप्ति

spot_img
spot_img

काठमाडौं । कोरोना संक्रमणबाट विद्यार्थीलाई बचाउनका लागि सरकारले शैक्षिक संस्था बन्द गर्ने तयारी गरेपछि प्याब्सनले बन्द नगर्न आग्रह गरको छ । निजी विद्यालयको प्रतिनिधिमूलक संस्था प्याब्सनले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु नै उपयुक्त हुने भएकाले शैक्षिक संस्था बन्द नगर्न आग्रह गरेको हो । कोरोना भाइरसको संक्रमणको जोखिम रहेको भन्दै सरकारले काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेपछि निजी विद्यालय सञ्चालकले असन्तुष्टि जनाएका हुन्।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शनिवार बसेको बैठकले प्रमुख शहरमा तीन सातासम्म विद्यालय बन्द गर्ने र अनलाइनमार्फत पठनपाठन गर्ने विषयमा छलफल गरी मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको थियो । भौगोलिक विकटता, अभिभावकको आर्थिक सामाजिक अवस्था, इन्टरनेटको उपलब्धता र शिक्षकको प्राविधिक दक्षताका कारण अनलाइन कक्षा प्रभावकारी नहुने भएकाले कोरोना संक्रमणको दर बढी भएका स्थानमा मात्रै केही समय प्रतिवन्ध गर्नु पर्ने प्याब्सनको भनाइ छ ।

‘मुलुकभरि कोरोना संक्रमणको वृद्धिदर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरी अत्यन्त आवश्यक भए सम्बधित विद्यालय अथवा सम्बन्धित पालिकामा मात्र केही निश्चित समयका लागि प्रतिबन्धात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्थाहरु स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सृजना गरिदिनहुन नेपाल सरकारसँग माग गर्दछौं’ प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?