Monday, December 23, 2024
spot_img

ट्रेन्डिङ :

आजदेखि देशका मुख्य २५ सहरका शैक्षिक संस्था बन्द

spot_img
spot_img
spot_img

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि आजदेखि देशका २५ सहरका शिक्षण संस्था बन्द हुने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका २५ सहरमा विद्यालय, कलेजलगायत शिक्षण संस्था यही वैशाखभरका लागि बन्द गर्ने निर्णय गरेको थियो । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको सिफारिसअनुसार सरकारले संक्रमणबाट विद्यार्थी बचाउन सहरी क्षेत्रका शिक्षण संस्थासँगै रात्रिकालीन व्यवसाय तथा फिल्म हललागयत भीडभाड स्थल वैशाख मसान्तसम्मका लागि बन्द गराएको हो।

आजदेखि काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका सबै स्थानीय तह, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, विराटनगर, इटहरी, धरान, वीरगन्ज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज, धनगढी, वीरेन्द्रनगर र भीमदत्तनगर क्षेत्रका शिक्षण संस्था बन्द गरिएका हुन्। अब २५ सहरी क्षेत्रमा वैशाख मसान्तसम्म शैक्षिक संस्था, विद्यालय, तालिम केन्द्र, ट्युसन सेन्टर खुल्ने छैनन्। विद्यालय बन्द भएका क्षेत्रमा अब भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्नेछ। पछिल्लो समय नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएसँगै संक्रमण दर बढ्दै गएको छ। दैनिक मृत्यु दर पनि बढ्न थालेको छ। संक्रमण नियन्त्रणका लागि सरकारले केही प्रतिबन्धात्मक व्यवस्था लागु गरेको हो।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?