काठमाडौं : नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । शनिबार टियू मैदानमा भएको खेल प्रतिस्पर्धामा नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जितसँगै उपाधि जित्न सफल भएको हो । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसलेले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सफल भएको थियो । टस हारेर ब्याटिङ गरेको नेपालले दुई कुशलको सानदार ब्याटिङले विजयको बाटो देखाएको थियो । कुशल भुर्तेल र कुशल मल्लले खेलमा सानदार प्रस्तुती दिलाएका थिए ।
ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको अहिलेसम्मकै यो उच्च स्कोर हो । यसअघि नेपालले सन् २०१९ मा १३ औं सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाउन सफल भएका थिए । ५५ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे । कुशल र दीपेन्द्रले चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरे । २० बलमा ५० बल बनाएका कुलशको टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशक हो । १८ बलमा ४८ रन बनाएका दीपेन्द्र भने अर्धशतक बनाउन दुई रनले चुके । कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ शेखले ८ बलमा १६ रन जोड्न सफल भए ।