Thursday, January 2, 2025

ट्रेन्डिङ :

उपत्यकाका तीन वटै जिल्लाका अत्याआवश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय

spot_img
spot_img
spot_img

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले दिदै आएको अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको छ । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैंठकले उक्त निर्णय गरेको हो । उपत्यकाका तीन जिल्ला प्रमुखको बसेको बैठकले तत्काल कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने र अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न निर्णय गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार कोरोना महामारीको दोस्रो चरणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनहरूले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने निर्णय भएको हो । जिल्ला प्रमुख पराजुलीका अनुसार नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, संघ–संस्था दर्ता, नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द गरिएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?