Sunday, September 8, 2024

ट्रेन्डिङ :

नेपालमा कोरोनाको डरलाग्दो तथ्यांक : थप ३१२२ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८ जनाको पीसीआर एन्टिजेन परीक्षण गर्दा ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मुलुकभर ३ हजार १२२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख ११९ पुगेको छ । त्यसै गरी रोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय ५० जना निको भएर घर फर्किएका छन् । यसै गरी पछिल्लो २४ घण्टामा थप २८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १६४ पुगेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?