Friday, January 3, 2025

ट्रेन्डिङ :

इराकको अस्पतालमा आगलागी, ८२ जना बिरामीको मृत्यु

spot_img
spot_img
spot_img

एजेन्सी- इराकको राजधानी बग्दादस्थित इबन अल खातिभ अस्ततालको कोरोनाभाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा कम्तीमा ८२ जना बिरामीको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीहरुका अनुसार अक्सिजन सिलिन्डर विस्फोट भएपछि आगो लागेको थियो। अग्निनियन्त्रणको व्यवस्था नभएकाले अस्पतालभित्रका प्रज्ज्वलनशील अरु सामानहरुमा तत्कालै आगो सल्किएको थियो।

दशकौंदेखिको द्वन्द्व र थोरै लगानीका कारण इराकी अस्पतालहरुको अवस्था अत्यन्त दयनीय छ। अस्पतालहरुमा औषधि र शय्याको पनि अभाव छ।उक्त दुर्घटना लगत्तै सामाजिक सञ्जालमा तीव्र आक्रोश व्यक्त भएको छ। प्रधानमन्त्रीले आगलागीको अनुसन्धान गर्न आदेश दिएका छन्। आगलागी हुँदा उक्त अस्पतालमा कोभिड १९ का ३० जना सख्त बिरामी राखिएको थियो।

मध्यरातमा आगलागी भएलगत्तै अग्निनियन्त्रकहरु अस्पताल पुगेका थिए। अस्पतालमा कार्यरत कर्मचारी र बिरामी एवं आफन्तहरु भागाभाग गरेका दृश्यहरु सामाजिक सञ्जालमा पोष्ट गरिएका थिए। अस्पतालको प्रशासनका अनुसार अधिकांश बिरामीलाई अन्यत्र सार्नु परेको र भेन्टिलेटर हटाउँदा बिरामीको ज्यान गएको हो। कतिपयको धुँवाले निस्सासिएर मृत्यु भएको थियो।

अस्पतालबाट १२० जना बिरामी र उनीहरुका आफन्तमध्ये ९० जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको छ। तर कम्तीमा ५० जनालाई आगोले पोलेको छ। इराकमा बुधबार कोभिड९१९ का बिरामीको संख्या १० लाख नाघेको छ। यो अरब मुलुकमै सबैभन्दा बढी हो।

इराकी स्वास्थ्य मन्त्रालयले गत फेब्रुअरी २०२० मा पहिलो संक्रमण देखिएयता हालसम्म १५ हजार २ सय १७ जनाको मृत्यु भएको जनाएको छ। करिब ४ करोड जनसंख्या रहेको इराकमा हाल दैनिक ४० हजारको स्वास्थ्य परीक्षण गरिरहेको पनि मन्त्रालयले बताएको छ।

मन्त्रालयका अनुसार इराकका कम्तीमा २ लाख ७५ हजार व्यक्तिले पहिलो डोज खोप लगाएका छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?