Sunday, September 8, 2024

ट्रेन्डिङ :

सरकारले स्वास्थ्यका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने

काठमाडौं : सरकारले स्वास्थ्यका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने भएको छ । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था मिलाउने मंगलबार स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय बैठकले निर्णय गरेको हो । यस्तै उपलब्ध स्वास्थ्य शैय्या, जनशक्ति, कोभिड–१९ संक्रमित बिरामीहरुको संख्या आदिका आधारमा अस्पतालले बहिरंग सेवा, सर्जरीलगायतका सेवा हाललाई स्थगित गर्ने निर्णय पनि मन्त्रालयले जनाएको छ । तर आकस्मिक उपचार भने सुनिश्चित गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै बैठकले सघन उपचार तथा आकस्मिक उपचार सम्बन्धी आवश्यक उपकरण र अक्सिजनको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?