Sunday, September 8, 2024

ट्रेन्डिङ :

ब्रोइलर कुखुराको मासुको भाउ घट्यो

काठमाडौं । उच्च मूल्य वृद्धिको रेकर्ड बनाएको ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको छ । यो साता मात्रै दुई पटक गरेर किलोमा ३० रुपैयाँले कुखुराको तयारी मासुको भाउ घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । बैशाख १२ गते किलोमा १० रुपैयाँले घटेर तीन सय रुपैयाँमा झरेको जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य मंगलबार पुनः १० रुपैयाँले घटेको संघका सचिव देवकुमार गिरीले बताए । मंगलबारको नयाँ मूल्य अनुसार ब्रोइलर कुखुरा जिउँदोको कोल्ड स्टोर मूल्य २९० रुपैयाँ तोकिएको छ ।

जिउँदो कुखुराको मासुको भाउ घटेसँगै बुधबारदेखि काठमाडौं उपत्यकामा ब्रोइलर कुखराको तयारी मासुको मूल्य चार सय रुपैयाँमा झरेको संघका अध्यक्ष जंगबहादुर बीसीले बताए । ‘वैशाख १२ को मूल्य गिरावट पछि मासुको मूल्य प्रतिकिलो ४१५ रुपैयाँमा झरेको थियो । बढ्दै गएको कोभिड महामारीका कारण मासुको खपतमा उच्च गिरावट आएको र त्यसैको असर बजारमा परेको उनले बताए । होस्टलहरु बन्द हुनु, राति अबेरसम्म रेष्टुरेन्ट तथा होटल सञ्चालन हुन नपाउनु जस्ता कारणले बजारमा प्रभावित भएको बीसीले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?