Sunday, September 8, 2024

ट्रेन्डिङ :

एमालेका तीन नेतालाई कोरोना संक्रमण, प्रधानमन्त्री ओली पनि कन्ट्याक्ट ट्रेसिङमा

काठमाडौं : नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी तीन नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी तथा केन्द्रीय सदस्यद्वय खिमलाल भट्टराई र विष्णु रिजाललाई संक्रमण पुष्टि भएको हो । तीन नेतामा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि कोरोना भाइरसको संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । रिजाल र भट्टराईलाई मंगलबार संक्रमित पुष्टि भएको हो भने रायमाझीलाई सोमबार नै संक्रमण पुष्टि भएको थियो । रायमाझीलाई उपचारका लागि सैनिक अस्पतालमा राखिएको छ । भट्टराई र रिजाल भने होम आइसोलेसनमा छन् ।

महाविधेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका मन्त्री रायमाझी र नेता रिजाललाई नै संक्रमण देखिएपछि बैठकमा सहभागी सबै नेता कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । वैशाख १० गते एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बसेको थियो । थापा प्रधानमन्त्रीसँग नजिक रहने हुँदा प्रधानमन्त्री स्वतः जोखिममा परेका पर्नुभएको भने संक्रमण बालुवाटार फैलिएको हो कि भन्ने शंका पनि उत्पन्न भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?