Sunday, September 8, 2024

ट्रेन्डिङ :

रेशम चौधरीको मुद्दा यथास्थितिमा फिर्ता हुँदैन : महान्यायधिवक्ता रमेश बडाल

काठमाडौं : महान्यायाधिवक्ता रमेश बडालले रेशम चौधरीको मुद्दा यथास्थितिमा फिर्ता हुन नसक्ने बताएका छन् । वैशाख १३ गते बसेको मन्त्रिपरिषद बैठकले सरकारले जनता समाजवादी पार्टी (जसपा) का १२० जना नेतारकार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिएको छ । तर जसपाले माग गरेबमोजिम रेशम चौधरीको मुद्दा भने फिर्ता भएको छैन ।

महान्यायाधिवक्ता रमेश बडालले ‘रेशम चौधरीको मुद्दा यथास्थितिमा फिर्ता हुन नसक्ने सरकारलाई आफुले दिने राय रहेको बताए । थरुहट आन्दोलन चलिरहेका बेला ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो ।

उक्त घटनाका मुख्य योजनाकार रेशम चौधरी भएको ठहर गर्दै उनीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले २२ फागुन २०७५ मा जन्मकैदको सजाय सुनाएको थियो । ३ पुस २०७७ मा उच्च अदालत, दिपायलले रेशमको जन्मकैदलाई सदर गर्‍यो । यसविरुद्ध परेको पुनरावेदन सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता हुन नसक्ने महान्यायाधिवक्ता बडालले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?