Friday, September 20, 2024

ट्रेन्डिङ :

चाप बढ्दै गएपछि हेलिकप्टरमार्फत काठमाडौंबाट बिर्तामोड बिएंडसी रेफर हुदै कोरोना बिरामी

झापा- संघीय राजधानी काठमाडौँका अस्पतालहरूमा कोभिड-१९ का बिरामीको चाप बढ्दै गएपछि त्यहाँबाट झापामा कोभिड-१९ का बिरामीहरू रेफर हुन थालेका छन्। उपचारका लागि काठमाडौँमै बसोबास गर्ने एक जना पुरुषलाई बुधबार हेलिकप्टरमार्फत झापाको बिएण्डसी अस्पताल ल्याइएको छ।

उनलाई काठमाडौँको ह्याम्स अस्पतालबाट सिम्रिक एयरको हेलिकप्टरबाट बुधबार साँझ ५:४५ बजेतिर बिर्तामोडको बिएण्डसी अस्पतालमा ल्याइएको हो। अस्तपतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार काठमाडौँमा सङ्क्रमितको चाप बढेपछि ती पुरुषलाई बिएण्डसी ल्याइएको हो। उनलाई सघन उपचार कक्षमा राखेर उपचार थालिएको गिरीले बताए।

उक्त अस्पतालमा हाल कोभिडको उपचारका लागि २५ शय्याको छुट्टै आइसोलेसन वार्ड सञ्चालनमा छ। अहिले पाँच कोभिड–१९ का सङ्क्रमितको उपचार भइरहेको गिरीले बताए। काठमाडौँ बाहेक अन्य क्षेत्रबाट पनि बिएण्डसीमा उपचारको व्यवस्थाका बारेमा सोधीखोजी भइरहेको गिरीले बताए। बिएण्डसीमा अहिले ५० वटा भ्याटिलेटर रहेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?