Friday, September 20, 2024

ट्रेन्डिङ :

निषेधाज्ञामा समस्या परे टोल फ्री नं ११४० मा सम्पर्क गर्न सीसीएमसीको अनुरोध

काठमाडौं- निषेधाज्ञामा जनताका गुनासा सम्बोधन गर्नका लागि कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले संयन्त्र गठन गरेको छ । आज (विहिबार) सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेले निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको हो ।

उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जनताका गुनासा टोल फ्री नं ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको जानकारी दिए । यस्तै शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न हुन सिसीएमसीको अनुरोध छ । विदेश जाने र विदेशबाट आउनेले सिसीएमसीको वेबसाइटमा पनि फारम भर्न सकिने र अनुरोध गरिएको छ ।

यसरी संक्रमण र बन्दाबन्दीमा परेका व्यक्तिलाई सहज बनाउनका लागि संयन्त्र गठन गरिएको हो । कोरोना भाइरस सङ्क्रमणको दर उच्च भएपछि सरकारले आजदेखि उपत्यकाका तीनवटै जिल्ला र देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?