Friday, September 20, 2024

ट्रेन्डिङ :

लोकतन्त्रको उपलब्धि कि उपहास ? दीपक मनाङे पनि गण्डकी प्रदेशको मन्त्री बन्दै

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । स्रोतका अनुसार स्वतन्त्र सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्री बन्दैछन् । सामाजिक विकास मन्त्रालयबाट फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो । मुख्यमन्त्रीनिकट स्रोतका अनुसार आजै नवनियुक्त मन्त्रीलाई केहीबेरमा सपथ गराइँने छ । ‘आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ । आजै सपथ ग्रहण हुनेछ,’ स्रोतले भन्यो, ‘कुन मन्त्रालय कसलाई दिने भन्ने खुलेको छैन ।

सरकारविरुद्ध अविश्वास संसदमा ‘पेन्डिङ’ रहेका बेला मुख्यमन्त्रीले मन्त्रीपरिषद बिस्तारको तयारी गरेका हुन् । सरकार जोगाउने मुख्यमन्त्रीको रणनीतिका रुपमा यसलाई हेरिएको छ । हिजो संसदमा अविश्वास प्रस्तावमाथि मतदानको कार्यक्रम भए पनि दुई सांसदको अनुपस्थितिले स्थगित भएको थियो ।

माओवादी केन्द्रले मन्त्री फिर्ता गरेपछि २ वटा मन्त्रालय खाली छन् । जसमा मुख्यन्त्री गुरुङले कृषिमन्त्रालय र कानून मन्त्रालय रामशरण बस्नेतले राखेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?