Friday, September 20, 2024

ट्रेन्डिङ :

निषेधाज्ञा सुरु भएसंगै बढ्यो इन्टरनेट ब्यान्डविथको खपत

काठमाडौं- काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा निषेधाज्ञा लागेपछि इन्टरनेट ब्यान्डविथको खपत सामान्य अवस्थाको भन्दा करिब ३० प्रतिशतसम्म वृद्धि भएको छ । धेरैै नागरिक घरभित्रै बसेपछि इन्टरनेटको प्रयोगमा वृद्धि भएको इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले जनाएको छ ।

सामान्य अवस्थामा बेलुकी ६ बजेदेखि १० बजेसम्म इन्टरनेटको प्रयोग बढी हुन्छ । तर, अहिले शहरहरुमा धेरैजसो मान्छे घरभित्रै भएकाले पिक आवरमा पनि माग दिउँसोको भन्दा खासै फरक छैन । २०७७ चैतमा लकडाउन भएपछि ५० प्रतिशतसम्म इन्टरनेट ब्यान्डविथको खपत बढेको थियो । विशेषगरी टिकटकले ब्यान्डविथ खपत बढाएपछि नेपालमै क्यास सर्भर राख्न लगाएर समस्या समाधान गरिएको थियो ।

लकडाउनपछि इन्टरनेट प्रयोगकर्ताको संख्या हृवात्तै बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार २०७६ चैतदेखि २०७७ माघसम्म मात्र ३५ लाख ६७ हजार इन्टरनेट प्रयोगकर्ता (सब्स्क्राइबर) थपिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । लकडाउनअघि २०७६ फागुनमा २ करोड १८ लाख ५२ हजार इन्टरनेट सस्क्राइबर रहेकामा अहिले २ करोड ५४ लाख १९ हजार पुगेका छन् ।

विभिन्न इन्टरनेट सेवा प्रदायकहरुका अनुसार यो अवधिमा ‘फाइबर टु दि होम’ (एफटीटीएच) प्रयोगकर्ता ह्वात्तै बढेका छन् । पछिल्लो वर्ष मोबाइल ब्रोडब्यान्ड इन्टरनेट प्रविधि रोज्नेको संख्या बढी छ । महामारीकालमा भने मोइबाल प्रयोगकर्ता बराबरकै वृद्धिदरमा फाइबर इन्टरनेटले ग्राहक तानेको छ । महामारीमा ‘वर्क फर्म होम’ फस्टाउँदा इन्टरनेट ग्राहक थपिएको विज्ञहरु बताउँछन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?