Sunday, September 8, 2024

ट्रेन्डिङ :

३४ किलो लागुऔषध गाँजासहित एक जना पक्राउ

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३४ किलो लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला बिन्दावासिनी गाउँपालिका वडा नंम्बर ३ बस्ने २९ वर्षिय रबिन्द्र उपाध्याय रहेका छन् । बुधबार दिउँसो पालुङतर्फ बाट भैसे तर्फ आउदैं गरेको ना १ ज ४७३३ नंम्बरको टाटचा सुमोमा लागुऔषध गाँजा लुकाई छिपाई ल्याउँदै गरेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी चेकीङ टोलीले भिमफेदी गाँउपालिका वडा नंम्बर २ स्थित सडकखण्डमा सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा सुमो नरोकी तिव्र गतिमा भागेको थियो ।

प्रहरी टोलीले उक्त सुमोको पिछा गर्दा भिमफेदी गाँउपालिका वडा नंम्बर १ सुन्दरीमाई स्थित राप्तीखोलाको बगरमा फेला पारी सुमो रोकी चेकजाँच गर्दा उक्त सुमोमा लुकाई छिपाई ल्याएको ६ वटा पोकामा ३४ किलो लागुऔषध गाँजा फेला पारेको हो । लागूऔषध , सुमो सहित चालक रबिन्द्र उपाध्यायलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?