Thursday, September 19, 2024

ट्रेन्डिङ :

आन्तरिक र बाह्य पर्यटन नगर्न, सार्वजनिक स्थानमा नजान, भिडभाड नगर्न सरकारको फेरि पनि अपिल

काठमाडौं- मुलुकका २२ जिल्लामा कोरोनाभाइरस संक्रमण डरलाग्दो गरि फैलिएको भन्दै स्वास्थ्य मन्त्रालयले शुक्रबार सकेसम्म ती ठाउँमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा कुनै पनि मार्गबाट देश विदेश जानेआउने तथा आन्तरिक बाह्य पर्यटनका लागि कहिँकतै जाने कामहरु पूर्णरुपमा नगर्न र नगराउन आग्रह गरिएको हो ।

सार्वजनिक स्थानमा जाने, भीडभाड हुने कामहरु समेत नगर्न र नगराउन समेत मन्त्रालयले आग्रह गरेको छ । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको स्थितीमा संवेदनशिल बन्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई मुलुकका अति प्रभावित जिल्लाको रुपमा समेत राखेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?