Sunday, September 8, 2024

ट्रेन्डिङ :

कोरोनाको केन्द्रबिन्दु बन्यो काठमाडौं, आज २९५६ जनामा संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै करिब तीन हजारमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा मात्र २४ घण्टामा करिब तीन हजारमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार चार सय ४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरेर २९ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो । देशभर ५७ य २७ जनामा संक्रमण पुष्टि हुँदा उपत्यकामा मात्र आधा बढीमा संक्रमण देखिएको हो । २४ घण्टामा ३३ जनाको भने मृत्यु भएको छ ।

बिहीबार २४ घण्टामा ३५ जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार बागमती प्रदेशमा मात्र होम आइसोलेसनमा १८ हजार २३३ जना रहेका छन् । संस्थागत आइसोलेसनमा १० हजार ६३ जना रहेका छन् । आईसीयूमा १४४ जनाको उपचार भइराखेको छ भने भेन्टिलेटरमा ७२ जना छन् । पछिल्ला दिनमा नेपालमा संक्रमण व्यापक बन्दै गएको छ । सरकारले उपत्यकासहित विभिन्न २२ जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?