Friday, September 20, 2024

ट्रेन्डिङ :

लोकगायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं– चर्चित सर्जक एवं लोकगायक प्रकाश सपुतलाई कोरोना पुष्टी भएको छ । प्रकाशले सामाजिक सञ्जाल फेसबुकबाट आफूलाई कोरोना पोजेटिभ भएको पुष्टी गर्दै आफूसँग सम्पर्कमा आएका सबैलाई परिक्षण गर्नका लागि अनुरोध गरेका छन् ।

प्रकाशले सामाजिक सञ्जालमा अगाडि लेखेका छन्, ‘एकदमै धेरै शरिर दुख्ने र गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ ।’

उनले आफू अहिले घरमा नै होम आईसोलेसनमा बसिरहेको र आफ्नो अवस्थामा सामान्य रहेको जनाएका छन् । यसअघि अघिल्लो चरणको कोरोनासमयमा प्रकाशका साइँला भाईलाई कोरोना पुष्टी भएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?