Friday, September 20, 2024

ट्रेन्डिङ :

बाँकेमा आज मात्रै ६ जना कोरोना संक्रमितको मृत्यु

नेपालगंज- बाँकेमा थप ६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। याे सँगै बाँकेमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १८ र बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेकाे संख्या १ सय १७ पुगेको छ। पछिल्लो समय संक्रमणबाट मृत्यु हुनेमा बाँकेका ३ जना र बाहिरी जिल्लाका ३ जना रहेका छन् ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत तुलसीपुर १७ का ४५ बर्षीय पुरुषको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएपनि उनको सोही दिन साँझ ७ बजे पिसीआर पोजेटिभ आएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । त्यस्तै सोही दिन राती साढे ९ बजे नेपालगन्ज ६ की ४७ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ।

यसैगरी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कृष्णनगर ५ कपिलवस्तुका ५१ वर्षीय पुरुषको उपचारका क्रममा गएराति १० बजे र सोही अस्पतालमै कोहलपुर ११ का ३५ वर्षीय पुरुषको गएराति साढे १२ बजे मृत्यु भएको ओलीले बताए ।

यता नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १० की ५५ वर्षीया महिलाको शनिबार बिहान ४ बजे मृत्यु भएको छ भने नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत दंगीशरण गाउँपालिका १ दाङका ६० बर्षीय पुरुषको मृत्यु भएको हो । उनको शनिबार बिहानै ४ बजे मृत्यु भएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?