Sunday, September 8, 2024

ट्रेन्डिङ :

पश्चिम नवलपरासीमा ५ कोरोना संक्रमितको मृत्यु

परासी : पश्चिम नवलपरासीमा २४ घण्टाको अन्तरालमा ५ जनाको मृत्यु भएको छ। शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म मृत्यु हुनेमा रामग्राम नगरपालिका र सुनवल नगरपालिकाका २/२ जना रहेका छन्। उनीहरुमध्ये सुनवल नगरपालिका-६ का ८४ वर्षीय पुरुषको शुक्रबार होम आइसोलेसनमा र सोही नगरपालिका-७ का ८५ वर्षीय पुरुषको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। त्यसैगरी रामग्राम नगरपालिकाका ६ का ४२ वर्षीय पुरुषको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो। शनिबार बिहान मात्र २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामग्राम नगरपालिका-१० की ४५ वर्षीया महिला छन्। उनको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो। त्यस्तै पृथ्वीचन्द्र जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार सरावल गाउँपालिका-२ का ४५ वर्षिय युवकको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले बताए।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?