Friday, September 20, 2024

ट्रेन्डिङ :

पर्यटनमन्त्री भानुभक्त ढकाल र पत्नी इन्दिरा फुयाँललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं- पर्यटनमन्त्री भानुभक्त ढकाल र पत्नी इन्दिरा फुयाँललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालले सामाजिक संजालबाट दम्पतीलाई नै भाइरस संक्रमण पुष्टि भएको जनाएका छन् ।

आइतबार गरिएको परीक्षणमा नतिजा पजेटिभ देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले जनाएका छन् । अहिले निवासमै आराम गरिरहेको समेत उनले उल्लेख गरेका छन् ।

आफूहरुसँग सम्पर्कमा आएकालाई सावधानी अपनाउन समेत उनले आग्रह गरेका छन् । यसअघि संघीय मन्त्रिपरिषद्का दुई सदस्य खानेपानीमन्त्री मणी थापा र ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?