Friday, January 3, 2025

ट्रेन्डिङ :

व्यापारीले लुकाए अक्सिजनका सिलिन्डर

spot_img
spot_img
spot_img

धनगढी । सरकारी तथा निजी अस्पतालमा अक्सिजनको चरम अभाव भएर कोरोना संक्रमित र अन्य बिरामी छटपटाइरहेका बेला धनगढीकै ठूला औषधि व्यापारीले सिलिन्डर लुकाएर कालोबजारी गरिरहेको पाइएको छ । सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा मेडिकल सामग्री आपूर्तिमा दशकदेखि एकलौटी जस्तै काम गर्दै आएको अमित मेडिसिनका सञ्चालक दुष्यन्त बस्नेतले सिलिन्डर गोदाममा लुकाएको चर्चा चलेपछि छापा मार्दा ६० वटा सिलिन्डर भेटिएको थियो ।

जिल्ला प्रशासन कार्यालय कैलाली, प्रहरी र वाणिज्य कार्यालयसहितका प्रतिनिधिले बस्नेतको गोदाममा बुधबार छापा मारेका थिए । बस्नेतले अन्य सिलिन्डर पनि लुकाएरै राखेको अनुमान गरिएको छ । बस्नेतले आफू सुदूरपश्चिममा मेडिकल क्षेत्रको ठूलो आपूर्तिकर्ता भएकाले अक्सिजन सिलिन्डर मौज्दात हुनु स्वाभाविक भएको बताए । ‘मकहाँ नभए कोसँग हुन्छ त ’ उनले भने, ‘क्षेत्रीय मेडिकल स्टोर, सेती प्रादेशिक अस्पताल र पहाडी जिल्लाका सरकारी अस्पतालमा विगतदेखि नै मैले मागअनुसारको अक्सिजन उपलब्ध गराउँदै आएको छु । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?