Friday, November 15, 2024
spot_img

ट्रेन्डिङ :

बाँकेमा ९२७ नमुना परीक्षण गर्दा ७०० मा संक्रमण पुष्टि

spot_img
spot_img

नेपालगंज- बाँकेमा पछिल्लो २४ घण्टामा ७०० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । तीन वटा ल्याबमा ९२७ जनाको नमुना परीक्षण गर्दा ७०० जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फेकल पर्सन तेज ओलीले जानकारी दिए । जसमध्ये ३०१ जना महिला र ३९९ जना पुरुष छन् ।

उनका अनुसार भेरी अस्पतालको ल्याबमा ५३५ जनाको नमुना परीक्षण ४२७, मेडिकल कलेज कोहलपुरको ल्याबमा १०९ जनाको नमुना परीक्षण गर्दा ८६ जना र बागेश्वरी ल्याबमा २८३ जनाको नमुना परीक्षण गर्दा १८७ जनामा संक्रमण पुष्टि भएको हो । बाँकेका मात्रै संक्रमित संख्या ५०० जना रहेको छ । जसमध्ये २२३ जना महिला र २७७ जना पुरुष छन् ।

बाहिरी जिल्लाका ७८ जना महिला र १२२ जना पुरुष गरी कुल २०० जनामा संक्रमण पुष्टि भएको ओलीले बताए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?