Sunday, September 8, 2024

ट्रेन्डिङ :

भारतमा एकै दिन ४ लाखभन्दा बढीलाई कोरोना संक्रमण, ३९१५ जनाको मृत्यु

काठमाडौं : लगातार कोरोना संक्रमण बढिरहेको भारतमा पछिल्लो २४ घण्टामा ४ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थप ४ लाख १४ हजार १ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । जुन भारतमा महामारी सुरु भएयताकै उच्च हो । यसअघि बिहीबार भारतमा ४ लाख १२ हजार २ सय ६२ जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा यसअघि गत शुक्रबार एकैदिन ४ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । बिहीबार भने अहिलेसम्मकै उच्च ३ हजार ९ सय ८० को मृत्यु भएको थियो । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ३१ हजार ५ सय ७ जना संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा संक्रमणमुक्त हुनेको संख्या करिब १ करोड ७६ लाख पुगेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ३६ लाख ४५ हजारभन्दा बढी छ ।

भारतमा पछिल्लो २४ घण्टामा १८ लाख २६ हजार ४ सय ९० नमुना परीक्षण भएको थियो । भारतमा मंगलबारसम्ममा करिब १६ करोड ४९ लाख डोज खोप लगाइएको छ । भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?