Sunday, September 8, 2024

ट्रेन्डिङ :

फेरियो जसपाको शक्ति सन्तुलन, महतोसहितका तीन मुख्य नेताहरुले ठाकुरलाई छोडे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयले दुई कित्तामा बाँडिएको जसपाको शक्ति सन्तुलनमा फेरबदल आएको छ । महन्थ ठाकुरलाई साथ दिँदै आएका राजेन्द्र महतो, शरतसिंह भण्डारी र राजकिशोर यादवसमेत केपी ओलीलाई समर्थन नगर्ने भन्दै ठाकुरको हस्ताक्षर अभियानबाट अलग्गिए पछि जसपा विभाजन तत्कालका लागि टरेको छ । महतो, भण्डारी र यादवले महन्थको साथ छाडेपछि उनीसँग अब १५ जना मात्रै सांसदहरु रहेको जसपाका नेताहरु बताउँछन् ।

अब ठाकुरले मात्रै केपी ओलीलाई सघाएर ओलीको बहुमत नपुग्ने भएको छ भने जसपालाई विभाजन गराउने ओलीको योजना पनि अब साकार नहुने नेताहरुको भनाइ छ । यसअघि अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोसँग प्रधानमन्त्री ओलीले सघन सम्वाद अगाडि बढाएका थिए । उनीहरुलाई आफ्नो पक्षमा पार्नकै लागि सरकारले सयभन्दा बढी जसपा कार्यकर्ताको मुद्दासमेत फिर्ता लिएको थियो । तर, रेसम चौधरीलाई भने सरकारले अहिलेसम्म रिहा गरेन । साथै लुम्बिनी प्रकरणपछि जसपाका नेताहरु ओलीसँग थप बिच्किएका हुन् । अब जसपाले केपी ओलीलाई विश्वासको मत नदिने र पार्टी एक ढिक्का रहने जसपाका नेता डम्बर खतिवडाले बताएका छन् ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?