Sunday, September 8, 2024

ट्रेन्डिङ :

काठमाडौं उपत्यकामा थपिए ४ हजार १०६ जना संक्रमित

काठमाडौं । २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा ४ हजार १ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ८९, ललितपुरमा ६ सय ४३ र भक्तपुरमा ३ सय ७४ जना गरी उपत्यकामा ४ हजार १ सय ६ जना संक्रमित भेटिएको हो ।

देशभरबाट ९ हजार १ सय ९६ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ । यीमध्ये ७८ हजार ६ सय २९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय २८ जना र भेन्टिलेटरमा २ सय ३१ जना उपचाररत छन् ।

पछिल्लो २४ घन्टाको अवधिमा ५० जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?