Thursday, April 24, 2025

ट्रेन्डिङ :

भारतीय टिमबाट दुई खेलाडी आउट, ३ खेलाडीले गरे कमब्याक

spot_img
spot_img

काठमाडौं : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आज टेष्ट च्याम्पियनशिप र इंग्ल्याण्डसँगको टेष्ट सिरिजका लागि टोली घोषणा गरेको छ । सीसीआईले आज विराट कोहलीको नेतृत्वमा २० सदस्यीय टोली घोषणा गरेको हो । नयाँ घोषित टिममा कुलदीप यादव र हार्दिक पाण्ड्याले भने मौका पाएका छैनन् । हार्दिक र कुलदीप टिमबाट आउट हुँदा तीन खेलाडीले भने ‘कमब्याक’ गरेका छन् । त्यस्तै कमब्याक’ गर्नेमा मोहम्मद शामी, रवीन्द्र जडेजा र हनुमा बिहारी रहेका छन् । यी तीनै खेलाडी अष्ट्रेलियासँगको टेष्ट सिरिजका क्रममा घाइते भएका थिए । इंग्ल्याण्ड र न्यूजिल्याण्ड टेष्टका लागि घोषित टिममा अष्ट्रेलिया भ्रमणका गएका खेलाडी बढी छन् ।

उत्कृष्ट लयमा रहेका पृथ्वी शाले फेरि पनि टिममा मौका पाएका छैनन् । इंग्ल्याण्ड भ्रमणमा स्पिनरको रूपमा अक्षर पटेल, रविचन्द्रन आविश्न, रवीन्द्र जडेजा र वासिङ्टन सुन्दरले मौका पाएका छन् । भारतले आउँदो १८ देखि २२ जूनसम्म इंग्ल्याण्डमा न्यूजिल्याण्डविरुद्ध टेष्ट च्याम्पियनशिपको फाइनल खेल्दैछ ।त्यसपछि भारतले इंग्ल्याण्डसँग पाँच खेलको टेष्ट सिरिज खेल्नेछ । सो सिरिज ४ अगस्टदेखि १४ सेप्टेम्बरसम्म हुनेछ ।

विराट कोहली (कप्तान), अजिंक्य रहाणे (उपकप्तान), रोहित शर्मा, शुभमन गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, हनुमा बिहारी, ऋषभ पन्त (विकेटकीपर), रविचन्द्रन अश्विन, रवीन्द्र जडेजा, अक्षर पटेल, वाशिङ्टन सुन्दर, जसप्रीत बुमराह, इशान्त शर्मा, मोहम्मद शामी, मोहम्मद सिराज, शार्दुल ठाकुर र उमेश यादव ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?